११ असार २०८२ बुधबार
image/svg+xml
प्रविधि

च्याटजीपीटीमा समस्या, सेवा अवरुद्ध

विश्वकै सबैभन्दा लोकप्रिय कृत्रिम बौद्धिकता (एआई) च्याटबट, च्याटजीपीटीको सेवा मंगलबार विश्वभर अवरुद्ध भएको छ। मोबाइल एप र वेब दुवै संस्करणमा देखिएको यो समस्याका कारण लाखौं प्रयोगकर्ताको दैनिक काम र अध्ययन प्रभावित भएको छ।

सेवा अवरुद्ध भएको रिपोर्ट गर्ने वेबसाइट ‘डाउनडिटेक्टर’ का अनुसार, वेबसाइटमा रिपोर्ट गर्नेमध्ये ८८ प्रतिशत प्रयोगकर्ताले च्याटजीपीटीको वेब संस्करणमा, ८ प्रतिशतले मोबाइल एपमा र ३ प्रतिशतले एपीआईमा समस्या आएको बताएका छन्।

यो समस्या सबै प्रयोगकर्तामा भने एकै किसिमले देखिएको छैन। परीक्षणका क्रममा सफारी ब्राउजरमा च्याटजीपीटी केही सुस्त भए पनि चलिरहेको थियो। तर गुगल क्रोममा भने यो पूर्ण रूपमा बन्द थियो र ‘केही प्राविधिक समस्या देखिएको छ’ भन्ने सन्देश देखाइरहेको थियो।

त्यसैगरी, एप्पलको आईओएस अपरेटिङ सिस्टममा एपले काम गरे पनि एन्ड्रोइड एपमा भने वेबमा जस्तै समस्या देखिएको थियो।

च्याटजीपीटीको सेवामा यस वर्ष पनि केही पटक यस्ता ठूला अवरोधहरू आइसकेका छन्।

यता, सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मा पनि हजारौं प्रयोगकर्ताले सेवा अवरुद्ध भएको बारेमा लेखिरहेका छन्। धेरैले च्याटजीपीटी बन्द हुँदा आफ्नो अध्ययन र कार्यालयको काम रोकिएको भन्दै रमाइला टिप्पणीहरू गरिरहेका छन् र सेवा छिट्टै सुचारु हुने प्रतीक्षामा रहेको बताएका छन्।

प्रकाशित: २७ जेष्ठ २०८२ १७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App
OSZAR »